नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

8
Share
Featured

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । उनीहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो । 

सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद  तथा ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...