इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको 'उत्कृष्ट प्रहरी' घोषित

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

14
Share
Featured
  • वाङ्गेल लामा माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भई जिल्ला प्रहरी परिसर काठमाडौं का एसएसपी रमेश थापा बाट सम्मानित भएका छन्।
  • उनले प्रकाश पाठक लाई फिलिपिन्सबाट पक्राउ गरी ल्याउने, डा. केशव श्रेष्ठ को उद्धार गर्ने र माया राई पक्राउ गर्ने कार्यमा नेतृत्व गरेका थिए।
  • अपराध अनुसन्धान र आपराधिक सञ्जाल नियन्त्रणमा प्रभावकारी भूमिका तथा तीव्र कारबाहीका कारण उनलाई उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामा माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित भएका छन्। अपराध अनुसन्धान, सूचना संकलन र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै परिसरका एसएसपी रमेश थापाले उनलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन्।

इन्स्पेक्टर लामाले विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित १० जनालाई धम्की दिएर फरार रहेका प्रकाश पाठकलाई फिलिपिन्सबाट काठमाडौं ल्याउन मुख्य भूमिका खेलेका थिए। यस्तै, फेसबुकमा ‘अलविदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठको सफल उद्धार र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सांसद माया राईलाई पक्राउ गर्ने टोलीको नेतृत्व पनि उनैले गरेका थिए।

पछिल्लो समय उपत्यकाको आपराधिक र गुण्डा सञ्जाल नियन्त्रणमा विशेष दख्खल राख्ने लामाले गृहमन्त्रीका भाञ्जालाई कुटपिट गर्ने ८ जनालाई घटनाको ३ घण्टाभित्रै पक्राउ गरेर आफ्नो व्यावसायिकता प्रदर्शन गरेका थिए। उनको परिणाममुखी कार्यशैली र सफल अनुसन्धानका कारण उनलाई यो सम्मान प्रदान गरिएको परिसरले जनाएको छ।

यो समाचारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...