राखेपको आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार

44
Share
Featured

काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुने भएको हो ।

विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच एक कार्यक्रमका अवसरमा प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्र आदान–प्रदान गरिएको हो।

प्रतियोगितामा पाँच खेल समावेश गरिएका छन्। टेबल टेनिसतर्फ चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने छात्रको मात्र खेल आयोजना गरिने समितिले जनाएको छ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितामा कुल २७९ खेलाडीको सहभागिता रहनेछ । दुईदिने प्रतियोगिताअन्तर्गतका सबै खेलहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आयोजना गरिने छन्।

आयोजकका अनुसार विश्वविद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराई खेलकुद विकास र विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

यो समाचारमा

एथलेटिक्सभलिबलटेबल टेनिसकाठमाडौँ
बास्केटबल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...