उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

Author

सजिलो पत्रिका

२०८३ जेठ २०, बुधबार

12
Share
Featured


काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । 


शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहनुभएको छ । समितिको सदस्यमा रेशु अर्याल ढुङ्गाना र प्रा डा सुरेशराज शर्मा रहनुभएको छ । ढुङ्गाना राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुनुहुन्छ ।

समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।

काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।प्रहरीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी २ जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनी, मधेस, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा १-१ जनाले ज्यान गुमाएका छन्।दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि उल्लेख्य

    Data is loading...

    Loading brands...

    Loading footer...