बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

24
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)प्रति कडा आलोचना गरेका छन् ।

शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई पनि विदेशीको स्वार्थ पूरा भएपछि नेता नभएर जोक्कर भनेर बोलाउने बताए ।

उनले भने, ‘आज जेलेन्स्कीको अस्तित्व सक्किएको छ । युक्रेनको अस्तित्व सक्किएको छ । युक्रेन गरिबीको चपेटामा छ । आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरु सिंगल होइन् ,डबल अवतारमा लम्कीतिर घुमिरहेका छन् । जब विदेशीको स्वार्थ पूरा हुन्छ । बिदेशीले भन्नेछन्, तिमी नेता होइनौं तिमी जोकर हौँ,जोकर भन्ने छन् ।’

त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।

रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने फैसलाप्रति धन्यवाद व्यक्त गर्दै अदालत जलेपछि न्याय जलेको छैन भन्ने प्रमाणित गरेको धारणा राखे ।

यो समाचारमा

महेश बस्नेतडोनाल्ड जोन ट्रम्पनेपाल कम्युनिष्ट पार्टी (एमाले)रवि लामिछाने
युक्रेन8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...