प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

43
Share
Featured
  • काठमाडौं क्षेत्र नं. ३ मा कुलमान घिसिङसहित हाइ–प्रोफाइल उम्मेदवारको प्रतिस्पर्धाले चुनाव रोचक
  • घिसिङको लोडसेडिङ अन्त्य र कार्यसम्पादन अनुभवले मतदातामा ‘काम गरेर देखाउने’ छवि बलियो
  • खानेपानी, पूर्वाधार, फोहोर, ढल र वन्यजन्तु समस्या मुख्य चुनावी मुद्दा
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्र बनेको छ ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी फरक बन्ने अनुमान गरिएको छ ।

पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।

दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उनलाई ‘काम गरेर देखाउने नेता’ का रूपमा स्थापित गरेको छ । यही पृष्ठभूमिका कारण काठमाडौं क्षेत्र नम्बर ३ मा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

घिसिङसँग प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली काँग्रेसबाट रमेश अर्याल तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रामेश्वर फुयाँल मैदानमा छन् ।

यद्यपि, घिसिङको प्रशासनिक अनुभव, नतिजामुखी नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको छ ।

घिसिङ नेपाल सरकारका पूर्व मन्त्रीसमेत हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै २०८२ पौष २३ गतेसम्म कार्य गरेका थिए । मन्त्री तथा प्रबन्ध निर्देशक दुवै भूमिकामा उनले देखाएको कार्यक्षमता नै उनको मुख्य राजनीतिक पूँजी बनेको छ ।

अन्य उम्मेदवारहरूमा रास्वपाबाट उम्मेदवार राजु पाण्डे काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रहरी प्रमुख हुन् भने नेपाली कांग्रेसका रमेश अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्व वडाध्यक्ष हुन् । एमालेका उम्मेदवार रामेश्वर फुयाँल पूर्वसंविधानसभा सदस्यसमेत हुन् ।
स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेन्डा भए पनि, ‘काम गरेर देखाएको अनुभव’ का आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ ।

यही कारण काठमाडौं क्षेत्र नं. ३ मा कुलमानको उम्मेदवारीले चुनावी नतिजा कुन दिशातर्फ मोडिने हो भन्ने कौतूहल अझ बढाएको छ ।
हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तबीच काठमाडौं ३ को चुनाव यसपटक व्यक्तित्व, कार्यक्षमता र विश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।
यता, यो क्षेत्र भौगोलिक रूपमा आधा काठमाडौंको खानेपानीको माग धान्ने क्षेत्र मानिन्छ । तर, यही क्षेत्रभित्रै खानेपानीको समस्या चर्को रूपमा विद्यमान छ । त्यही बाटो हुँदै खानेपानीका मुख्य सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर नगरपालिका–४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापनजस्ता समस्या पनि पुरानै छन् ।

त्यसैगरी गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा वन्यजन्तुको समस्या गम्भीर बन्दै गएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जनावरहरू बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या लामो समयदेखि कायम छ ।

हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तमा यि समस्याहरु मुख्य रुपमा हेरिएको छ । सो क्षेत्र यसपटक केवल दलगत प्रतिस्पर्धामात्र नभई व्यक्तित्व, कार्यक्षमता र जनविश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनेपाली कम्युनिष्ट पार्टीशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसुशीला कार्की
उज्यालो नेपाल पार्टी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...