बाबुराम भट्टराईले गोरखा-२ बाट दिए उम्मेदवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

41
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
  • मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका उनी २०७९ को निर्वाचनमा सहभागी भएका थिएनन्।
  • यसअघि २०६४ र २०७४ मा गोरखा–२ तथा २०७० मा गोरखा–१ बाट निर्वाचित भएका भट्टराई पुनः सक्रिय राजनीतिमा फर्किएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आज (मंगलबार) अपराह्न जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा 'जेनजी' अगुवा रिजन राना मगर रहेका छन् ।

२०७९ सालको निर्वाचनमा भाग नलिएका डा. भट्टराई यसअघि २०६४ र २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी गोरखा-१ बाट निर्वाचित भएका थिए ।

यो समाचारमा

गोरखाकाठमाडौँप्रतिनिधि सभाप्रगतिशील लोकतान्त्रिक पार्टी
बाबुराम भट्टराई4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...