चार मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीको काँधमा थप जिम्मेवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

32
Share
Featured
  • निर्वाचन लड्न मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले रक्षा, सञ्चार, शिक्षा र खेलकुद गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन्।
  • कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले चुनावका लागि मन्त्री पद त्यागेका हुन्।
  • मन्त्रिपरिषद् ११ सदस्यमा सीमित भएको छ र केही मन्त्रीले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको काँधमा थप चार मन्त्रालयको जिम्मेवारी आएको छ ।

रक्षा, सञ्चार, शिक्षा र खेलकुद मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री कार्की आफैँले सम्हाल्नेछिन् । मन्त्रीहरू कुलमान घिसिङ (रक्षा), जगदीश खरेल (सञ्चार), महावीर पुन (शिक्षा) र बब्लु गुप्ता (खेलकुद) ले चुनाव लड्नका लागि राजीनामा दिएका हुन् ।

अब मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ११ जना सदस्य मात्र बाँकी छन् । केही मन्त्रीहरूले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्थमन्त्री रामेश्वर खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ भने अनिलकुमार सिन्हाले उद्योग, कानुन, पर्यटन र ऊर्जा गरी चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

चुनावी सरकारका मन्त्रीहरू नै उम्मेदवार बन्न राजीनामा दिने क्रम बढेसँगै सरकारको कामकारबाहीमा समेत असर पर्न सक्ने देखिएको छ ।


यो समाचारमा

जगदीश खरेलबब्लु गुप्तासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाठमाडौँ
सुशीला कार्की9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...