हुलाकी सडकमा अवरोध भए पनि यात्रा रोकिने छैन, खजुरामा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक तयार

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

6
Share
Featured

बाँके । खजुरा गाउँपालिकाले नेपालगन्ज-गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका-३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।

अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगन्ज-गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।

प्रदेश सरकारको ६ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो ।

खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्घाखाँचीमा १ वर्षमै १५ वटा पोखरी निर्माण

    अर्घाखाँची । पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।वनको बीचमा ढुंगाको बाँध निर्माण गरी तयार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...