दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले पुर्‍यायो घर

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

5
Share
Featured

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न अनुमति नभएकाले उनलाई नियन्त्रणमा लिई आवश्यक सम्झाइबुझाइपछि घरसम्म पुर्‍याइएको हो।

प्रसाईंले आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनासँग सम्बन्धित विषयमा आफ्नो धारणा सार्वजनिक गर्न विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन-तकसेरा सडक सञ्चालनमा आएको हो । नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो

    Data is loading...

    Loading brands...

    Loading footer...