साढे ८ महिनामै छापिए २६ लाख सवारी चालक अनुमतिपत्र

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

10
Share
Featured
  • करिब २६ लाख पुराना सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ।
  • साउनदेखि नयाँ लाइसेन्स र नवीकरण सेवामा लामो प्रतीक्षा गर्नुपर्ने समस्या हट्ने विभागले जनाएको छ।
  • साउन १ गतेदेखि EDL VRS प्रणाली लागू भई अनलाइन राजस्व, मेडिकल र हुलाकमार्फत लाइसेन्स वितरणको व्यवस्था गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्लो साढे ८ महिनामा २९ लाखमध्ये करिब २६ लाख पुराना सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्रले दुई चरणमा गरी २५ लाख ९२ हजार ४१७ लाइसेन्स छापेको हो। बाँकी रहेका करिब ३ लाख लाइसेन्सको अवधि एक वर्षभन्दा कम भएकाले ती नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार असार मसान्तसम्म छापिएका सबै कार्ड विभागलाई हस्तान्तरण गरिनेछ, जसले गर्दा वर्षौँदेखिको 'ब्याकलग' समस्या पूर्ण रूपमा समाधान हुनेछ। अब साउनदेखि ट्रायल पास गर्ने वा नवीकरणका लागि राजस्व बुझाउने सेवाग्राहीले लामो समय पर्खिनु नपर्ने र तुरुन्तै लाइसेन्स पाउने सुनिश्चितता गरिएको छ।

यसैबीच, साउन १ गतेदेखि सरकारले नयाँ प्रणाली 'ईडीएल भीआरएस' (EDL VRS) लागू गर्दैछ। यो प्रणाली सुरु भएपछि लाइसेन्स नवीकरण गर्दा अनलाइनबाटै राजस्व तिर्न सकिनेछ भने मेडिकल रिपोर्ट पनि चिकित्सकले अनलाइनमै प्रविष्ट गरिदिनेछन्। साथै, छापिएको लाइसेन्स हुलाकमार्फत सिधै सम्बन्धित कार्यालय वा ठेगानामा पठाउने व्यवस्था मिलाइँदैछ। अब नवीकरण हुने लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। आगामी दिनमा लाइसेन्स छपाइको जिम्मेवारी सम्बन्धित प्रदेशहरूले लिने र विभागले डेटा अर्काइभको काम मात्र गर्ने तयारी गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...