आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

13
Share
Featured
  • ट्राफिक प्रहरीले आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडिएको प्रचार भ्रामक भएको जनाएको छ।
  • प्रहरीले घटनामा कुनै ट्राफिक जरिवाना वा कारबाही नभएको स्पष्ट पारेको छ।
  • वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले अपुष्ट सूचना नफैलाउन प्रहरीले आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।

असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार, घटनाका क्रममा नेपालीलाई कुनै पनि प्रकारको जरिवाना गरिएको थिएन र ट्राफिक कारबाहीका कारण उनले यस्तो कदम चालेको भन्ने विवरण पूर्ण रूपमा गलत छ।

प्रहरीले घटनाको वास्तविक कारणबारे कानुनी अनुसन्धान भइरहेको जनाउँदै आधिकारिक पुष्टि नभएका विषयलाई सुरक्षा निकायसँग जोडेर भ्रम सिर्जना नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ। अनुसन्धानबाट वस्तुगत निष्कर्ष नआएसम्म कपोलकल्पित समाचार सम्प्रेषण नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...