को-को छन् रास्वपाका उम्मेदवार? (पूर्ण सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

47
Share
Featured
  • रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका धेरै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
  • झापा–५ बाट बालेन्द्र शाह (बालेन), चितवन–२ बाट रवि लामिछाने र काठमाडौं–६ बाट शिशिर खनालजस्ता प्रमुख नाम उम्मेदवार बनेका छन्।
  • तराई, पहाड र हिमाली जिल्लासहित झापा, मोरङ, काठमाडौं, चितवन, कैलाली, कञ्चनपुरलगायत जिल्लामा रास्वपाले उम्मेदवार घोषणा गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवार टुंगाइरहेको छ । रास्वपाले अहिलेसम्म टुंगो लगाएकामाझापा– ५ बाट बालेन्द्र शाह (बालेन)लाई उम्मेदवार बनाएको छ भने झापा– १ मा निशा डाँगी, झापा– २ मा पूर्वउपसभामुख इन्दिरा रानामगर, झापा– ३ मा प्रकाश पाठक, झापा– ४ मा शम्भु सुस्केरा ढकाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी रास्वपाले धनुषा– ३ बाट प्रवक्ता मनिष झालाई उम्मेदवार बनाएको छ भने गणेश कार्कीलाई मोरङ–३ बाट उम्मेदवार बनाएको छ । त्यस्तै मोरङ– १ मा अधिवक्ता यज्ञमणि न्यौपानेलाई टिकट दिएको छ । त्यसैगरी ओखलढुङ्गामा विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने स्याङग्जा– १ मा धनन्जय रेग्मी, बागलुङ– २ मा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।

त्यस्तै बाजुरामा हेमराज थापालाई टिकट दिइएको छ भने तनहुँ क्षेत्र नम्बर १ मा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ– २ श्रीराम न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै धादिङ–२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् भने नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट– २ मा डा. अच्युतम लामिछानेले टिकट पाएका छन् । त्यसैगरी दाङ–३ मा कमल सुवेदीले टिकट पाएका छन् भने लमजुङमा धर्म केसी र नवलपुर– १ मा राजन गौतमलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी जुम्लामा बिनिता कठायत, दोलखामा इञ्जिनियर जगदीश खरेल उम्मेदवार बनेका छन् । त्यस्तै ताप्लेजुङमा विरेन्द्र श्रेष्ठ, उदयपुर–२ मा सुर्यबहादुर तामाङ, काठमाडौँ– ६ मा शिशिर खनाल, काठमाडौँ– ७ मा गणेश पराजुली, काठमाडौँ– ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ– ९ मा डिपी अर्याल,चितवन–१ मा हरि ढकाल, चितवन–२ मा रवि लामिछाने, चितवन–३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।

कञ्चनपुर जिल्ला– १ ,आ जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहोरा र कञ्चनपुर– ३ मा ज्ञानेन्द्र महतालाई टिकट दिइएको छ भने कैलाली– १ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरि रेग्मी र कैलाली–५ मा आनन्द चन्द उम्मेदवार बनेका छन् ।

त्यस्तै रास्वपाले बाँके–३ मा खगेन्द्र सुनार, कास्की–२ मा उत्तम पौडेल र रुपन्देही–३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

यो समाचारमा

धादिङमोरङइन्दिरा रानामगरमनिष झा
बागलुङ31 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...