एमाले सचिवालय बैठक : भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

47
Share
Featured
  • नेकपा (एमाले) सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पूर्ण बहुमत हासिल गर्ने लक्ष्यसहित संगठनात्मक र राजनीतिक रूपमा मजबुत भएर अघि बढ्ने निष्कर्ष निकालेको छ।
  • बैठकले अधिकांश प्रदेश र जिल्लामा प्रतिनिधिसभा उम्मेदवारहरूको प्रारम्भिक सूची टुङ्गो लगाएको छ भने काठमाडौं, काभ्रे, मोरङ, सुनसरी, ताप्लेजुङ, महोत्तरी, सर्लाही, पर्सा, रुपन्देहीका केही क्षेत्रलगायतमा उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ।
  • बाँकी क्षेत्रका उम्मेदवार छिट्टै टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाइने जानकारी उपमहासचिव लेखराज भट्टले दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिजो (शनिबार) बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।
यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफारिस भएका छन्।

कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्ट अगाडि सारिएका छन्। अछाममा झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी तथा दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार तय भएका छन्।

कर्णाली प्रदेशका सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेतमा धुर्व शाही र कुलमणि देवकोटा उम्मेदवार छन्।
कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत र शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया चयन भएका छन्।

दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार तय भएका छन्।

लुम्बिनी प्रदेश क्षेत्रका नवलपरासीबाट रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवार बनेका छन्। रुपन्देहीका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ भने बासुदेव घिमिरे र खिमलाल भट्टराई सिफारिसमा परेका छन्।

कपिलवस्तुमा विश्राम चौधरी र बिरेन्द्र कडौनिया, दाङमा घनश्याम पाण्डे, बाँकेमा सूर्य ढकाल र दलबहादुर सुनार, बर्दियामा सालिकराम अधिकारी र विमला विक उम्मेदवार छन्।

पाल्पामा नारायण आचार्य र विष्णुप्रसाद पोडेल, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्यबहादुर थापा, अर्घाखाँचीमा पिताम्बर भुसाल तथा गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट सिफारिस भएका छन्।

गण्डकी प्रदेशको नवलपुरबाट भागीरथ सापकोटा र तिलबहादुर (तिलक) महत क्षेत्री उम्मेदवार छन्।

गोरखामा आर.सी. लामिछाने र मिलन गुरुङ, लमजुङमा पृथ्वी सुब्बा गुरुङ, तनहुँमा भगवती न्यौपाने र केदार सिग्देल चयन भएका छन्।

स्याङ्जामा मिनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्कीमा बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उम्मेदवार छन्।

बागलुङमा हिरा केसी र मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा बिष्ट, मनाङमा पोल्देन सोताङ गुरुङ तथा पर्वतमा पदम गिरी उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा भने सिन्धुलीबाट प्रदीप केसी (कटुवाल) र मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ उम्मेदवार छन्।

सिन्धुपाल्चोकमा आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ, धादिङमा भूमी त्रिपाठी र धनबहादुर घले चयन भएका छन्। नुवाकोटमा बद्री मैनाली र केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुरमा रामेश्वर राना र महेश बर्तौला उम्मेदवार छन्।

चितवनमा कृष्णराज (कमल) पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया तथा भक्तपुरमा सोमप्रसाद मिश्र र महेश बस्नेत सिफारिस भएका छन्। काठमाडौं र काभ्रेका केही क्षेत्रमा उम्मेदवार अध्यक्ष ओलीले टुङ्ग्याउने निर्णय भएको छ।

मधेश प्रदेशको सप्तरीमा सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी उम्मेदवार छन् भने सिराहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादव चयन भएका छन्।

धनुषामा रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेदवार छन्। महोत्तरी, सर्लाही र पर्साका केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ।

कोशी प्रदेशको पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङ, इलाममा काजिमान कागते र सुहाङ नेम्वाङ उम्मेदवार छन्। झापामा रामचन्द्र उप्रेती, देवराज घिमिरे, मनोज ताम्ली र पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार सूचीमा छन्।

संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेर्दन राई, तेह्रथुममा भानुभक्त ढकाल चयन भएका छन्।
मोरङ, सुनसरीताप्लेजुङका केही क्षेत्रमा उम्मेदवार अध्यक्षले टुङ्ग्याउने निर्णय गरिएको छ ।

पार्टीले छिट्टै बाँकी क्षेत्रका उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानलाई तीव्र बनाउने पनि उपमहासचिव भट्टले जानकारी दिए ।

यो समाचारमा

चितवनमधेश प्रदेशमोरङधनुषा
ताप्लेजुङ18 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...