कांग्रेस कार्य सम्पादन बैठक :राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

81
Share
Featured
  • नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ।
  • बैठकमा नेता र प्रवक्ताले गठबन्धन र सीट वितरणबारे सहमति जुटाउने र उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
  • विशेष महाधिवेशनको विषय बैठकमा प्रमुख रूपमा उठेन, तर अभियानकर्ताहरूले विधिसम्मत प्रस्ताव सक्रिय राख्न जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे ।

सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए ।

त्यसअघि कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए ।

बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दावी गरे ।

यो समाचारमा

पूर्ण बहादुर खड्कानेपाली काँग्रेसडा. प्रकाशशरण महतकाठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...