कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

35
Share
Featured
  • नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनलाई लिएर संस्थापन र इतर पक्ष आमनेसामने हुँदा समानान्तर गतिविधि तीव्र भई पार्टी विभाजनको जोखिम बढेको छ।
  • कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको मिति तय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको अडान नछोड्दा विवाद चर्किएको छ।
  • नेताहरूले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाए पनि फरक मत र कार्यतालिका विवादले कांग्रेसको भविष्यबारे अनिश्चितता कायम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ ।

शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि परिस्थिति थप पेचिलो बनेको थियो ।

तर शुक्रबार कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न गरेको प्रस्ताव पारित भएपनि महामन्त्रीद्वयले विशेष महाधिवेशन भइछाड्ने अडान लिएका छन् । जसका कारण पार्टी गम्भीर मोडमा आइपुगेको छ । धेरैजसो कार्यकर्ताहरुले पार्टीलाई फुटबाट जोगाउन आब्हान गरिरहेका छन् ।

कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीको भविष्य र मुलुकप्रतिको चासोकै कारण कार्यसम्पादन समितिको बैठकमा सहभागी भएर आफ्ना भनाइहरु राखेको बताइरहेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा बस्ने मन नभए पनि पार्टी र देशप्रतिको जिम्मेवारीका कारण उपस्थित भएको स्पष्ट गरे ।

उनले भने, ‘कार्यसम्पादन समितिको बैठकमा बस्ने मन थिएन । तर पार्टीको भविष्यप्रति र मुलुकप्रति चासो छ । किनभने यो पार्टीको लागि, देशको लागि धेरै वर्ष म जेल बसेको हो । हामीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथिहरुको कुरा सम्बोधन गर्नुपर्छ । पार्टीलाई पनि विखण्डन हुन नदिनुपर्ने छ ।’

डा. भण्डारीले पार्टी र देशका लागि आफूले धेरै वर्ष जेल जीवन बिताएको स्मरण गराउँदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका नेताहरूको विषय सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले पार्टीलाई विखण्डन हुन नदिन नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी नफुट्ने दाबी गरेका छन् । उनले हप्ता १० दिनपछि मुस्कुराएर नै कांग्रेस एक ढिक्का भएको जनकारी गराउने बताए ।

उनले भने, ‘अहिलेको विषयलाई मुस्कुराउँदै हामी समाधान गर्छौं यति मात्र स्पष्ट हुनुभए हुन्छ । नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था बमोजिम कुनैपनि कार्य गरेर जाँदै गर्दा ढुक्कासाथ म भन्छु–हप्ता १० दिनपछि मुस्कुराएको तपाईंहरुले देख्नुहुने छ । कांग्रेस पार्टी फुट्दैन् । ढिक्का रहन्छ कांग्रेस । धेरैले अहिलेको अवस्थाले पार्टी फुट्ने त होइन भनेर आशंका व्यक्त गर्नुभएको छ । कसैले आशंका नराख्नुहोला ।’

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपिएको जानकारी दिएका छन् । यसअघि माघ मसान्तसम्मका लागि थपिएको म्याद अब विधानअनुसार जेठ मसान्तसम्म विस्तार गरिएको हो । साथै तल्लो तहका संगठनहरूको म्याद पनि विधानको व्यवस्थाअनुसार थपिएको उनले बताए ।

प्रवक्ता महतका अनुसार नेपाली कांग्रेस १५औँ नियमित अधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ । तर कार्यतालिकाअनुसार समयमा सबै प्रक्रिया सम्पन्न गर्न नसकिएकाले क्रियाशील सदस्यता वितरण र केन्द्रमा पठाउने समय केही थप गर्नुपरेको हो । समय थपिएपछि छानबिन गरेर अन्तिम नामावली टुंगो लगाई निर्वाचन आयोगलाई हस्तान्तरण गरिने उनले स्पष्ट पारे ।

उनले निर्वाचन आयोगले जिल्ला–जिल्लामा वडा तहदेखि अधिवेशन गराउन पर्याप्त समय नपुग्ने अवस्थाका कारण कार्यतालिका संशोधन गर्नुपरेको बताए । ‘१५औँ अधिवेशनको प्रक्रिया निरन्तर जारी छ, परिस्थिति बस समयसीमा मात्र लम्ब्याउनुपरेको हो,’ उनले भने ।

फागुन २१ गतेको आम निर्वाचनका कारण अधिवेशनको समय बैशाखभन्दा अघि फागुन वा चैतमै हुने भनेर यकिन गर्न नसकिएको पनि प्रवक्ता महतले बताए । तर महामन्त्रीद्वय थापा र शर्माले फरक मत राख्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसका कारण पार्टीले भविष्यमा कुन आकारलिन्छ भन्नेमा संशय पैदा भएको छ ।

यो समाचारमा

पूर्ण बहादुर खड्कानेपाली काँग्रेसकाठमाडौँनिर्वाचन आयोग
डा. प्रकाशशरण महत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...