‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

28
Share
Featured

काठमाडौँ

नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपतिनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ ।

चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू भएको थियो ।

काभ्रेको पनौतीदेखि सुरु भएको छायांकन हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रको छांयाकन काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहुँ, बन्दिपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका स्थानमा हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाललगायतको अभिनय रहनेछ । कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गरिरहेका छन्।

चलचित्र निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने निर्देशक देउजाले नै कथा लेखेका हुन् । पटकथा भने परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् ।

यो समाचारमा

पशुपतिनाथ मन्दिरबसुन्धरा भुसालदेवघाटसरोज खनाल
भक्तपुर17 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...