बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

17
Share
Featured

लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।

त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए । 

नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो । 

प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए ।

विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए । रासस

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...