प्रत्येक आन्दोलन र नागरिक विद्रोहमा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् : अर्थमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

31
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले हरेक आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिले निजी क्षेत्रमाथि आक्रमण हुनु दुखद् भएको भन्दै निजी क्षेत्र र नागरिकबीच बलियो सहकार्य (कम्प्याक्ट) आवश्यक रहेको बताए।
  • निजी क्षेत्रले सृजना गरेको सम्पत्ति लगानीकर्ताको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले त्यसमा हुने क्षति राष्ट्रको क्षति हुने उनको भनाइ छ।
  • जेनजी युवाले उठाएको भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको माग सरकार र राजनीतिज्ञ मात्र नभई निजी क्षेत्र, समुदाय र गैरसरकारी संस्थासम्म फैलिएको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुनुले निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट जरुरी रहेको सन्देश दिएको बताए ।

उनले भने,‘प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुन्छ । त्यसले के प्रश्न उब्जायो भने सरकार निजी क्षेत्रबीचको कम्प्याक्ट निजी क्षेत्र र राजनीतिक दलबीचको कम्प्याक्टले मात्र पुगेन निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट त्यति नै जरुरी छ भन्ने बुझिन्छ ।’

त्यस्तै उनले निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र नभई राष्ट्रको सम्पति रहेको बताए । त्यसैले निजी क्षेत्रको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु रहेको उनी बताउँछन् ।

उनले भने, ‘निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र सम्पति होइन् त्यो राष्ट्रको सम्पति हो । त्यसैले त्यसको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु हो । निजी क्षेत्रले कमाएको नाफा निजी क्षेत्रले मात्र भोग गर्ने होईन । त्यही नाफाबाट सरकारलाई कर जाने हो । त्यही नाफाबाट कर्मचारीलाई बोनस जाने छ ।’

मन्त्री खनालले जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनितिज्ञबाट नभई निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु लगायत सबैतिरबाट रहेको बताए ।

‘जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनीतिज्ञबाट मात्रै होइन । निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु सबैतिरबाट हो ,’उनले भने ।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...