अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल हुन सक्छ :राजेन्द्र महतो

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

20
Share
Featured

काठमाडौँ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने भएका छन् ।

तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका हुन् ।

सोही क्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन पार्टीको गठबन्धन भईसकेको भन्दै त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताए ।

उनले भने, ‘हामीले तीन पार्टी मिलेर एकल चुनाव चिह्न लिएर निर्वाचनमा जाने भनेर पहिला नै एकता भएको हो । तीन पार्टीको गठबन्धन भईसकेको छ, अब त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्छ ।’

उनले तीन पार्टीको ११० जनाको एउटै बन्दसूची रहेको पनि जानकारी गराएका छन् ।

यो समाचारमा

जनता समाजवादी पार्टीराजेन्द्र महतोनागरिक उन्मुक्ति पार्टीनिर्वाचन आयोग
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...