असारमा ल्याएको बजेट पुससम्म प्रकाशन भएन, तारकेश्वरमा योजना सम्झौता रोकियो

Author

निरन्जन कार्की

२०८२ पुस १३, आइतबार

32
Share
Featured
  • तारकेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रकाशित गर्न ढिलाइ गरेको छ; असारमा २ अर्ब ८० करोडको बजेट सार्वजनिक भए पनि नीति तथा योजनाको किताब पुससम्म प्रकाशित हुन सकेको छैन।
  • स्थानीय सरकार सञ्चालन ऐनअनुसार बजेट असार १० गतेभित्र पेश र १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि नीति किताब नआएकोले उपभोक्ता समिति र अन्य विकास निर्माणका कामहरू प्रभावित भएका छन्।
  • सूचना अधिकारी सागर अर्यालका अनुसार किताब छपाइको प्रक्रिया अन्तर्गत छ र केही दिनभित्रै सार्वजनिक हुने अपेक्षा छ; केही योजनाहरू भने तत्कालका लागि स्थगित गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि असारमा सार्वजनिक गरेको बजेट ६ महिना बितिसक्दा पनि प्रकाशन गर्न सकेको छैन । असारमा २ अर्ब ८० करोडको बजेट सार्वजनिक गरिए पनि पुसको आधाआधीसम्म नीति तथा योजनाको किताब सार्वजनिक नहुँदा विकास निर्माणका काम प्रभावित भएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार, असार १० गतेभित्र बजेट पेस गरी १५ दिनभित्र पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर, तारकेश्वरमा नीति तथा कार्यक्रमको किताब नै प्रकाशन नहुँदा उपभोक्ता समिति लगायतका योजनाहरूको सम्झौता हुन सकेको छैन, जसले विकास निर्माणलाई पछाडि धकेल्ने विज्ञहरूले बताएका छन् ।

यता, छिमेकी टोखा नगरपालिकाले भने साउन दोस्रो हप्तामै नीति तथा योजनाको किताब प्रकाशन गरिसकेको थियो ।

तारकेश्वर नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले किताब छपाइका लागि पठाइएको र केही दिनभित्रै सार्वजनिक हुने जानकारी दिए । उनले किताब प्रकाशन नभए पनि केही योजनाहरू अघि बढेको तर केहीलाई तत्कालका लागि स्थगन गरिएको बताए ।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँटोखा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...