चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

4
Share
Featured
  • हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ–संस्थाको दर्ता अवस्था र वर्तमान विवरण अद्यावधिक गर्न तथ्यांक संकलन सुरु गरेको छ।
  • राज्यबाट लगानी हुने धार्मिक संस्थाको वास्तविक अवस्था यकिन गर्न वडास्तरमा समेत छलफल गरी तथ्यांक संकलन गरिने उपमहानगरपालिकाले जनाएको छ।
  • संकलित विवरणका आधारमा चुरियामाई, भुटनदेवी, मनकामना लगायतका धार्मिक सम्पदालाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाइएको छ।
  • समाचार सारांशGenerated using AI.

    मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ ।

    उपमहानगर भित्रका मठमन्दिर दर्ता भए-नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्यांक अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिए ।

    ‘यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ,' उनले भने, ‘राज्यको लगानी हुने धार्मिक संस्थाको दर्ताको अवस्थालगायतका विषयमा जानकारी लिन हामीले यकिन तथ्यांक संकलन गर्न लागेका छौँ ।’ तथ्यांक संकलनका लागि सम्बन्धित वडामा पनि छलफल अघि बढाउन लागिएको उनले जानकारी दिए ।

    कूल १९ वटा वडा रहेको हेटौंडा उपमहानगर क्षेत्रमा विशिष्ट धार्मिक महत्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र, लक्ष्मीनारायण मन्दिरजस्ता सम्पदास्थल छन् ।

    मठमन्दिरसहितका ती सम्पदाको तथ्यांक अद्यावधि गरी व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उपमहानगरपालिकाले जनाएको छ ।

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

      काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

      Data is loading...

      Loading brands...

      Loading footer...