देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

11
Share
Featured
  • विप्लवले देशको राजनीति अझै संक्रमण र संकटमै रहेको बताएका छन्।
  • उनले वर्तमान चुनावी प्रक्रिया दोबाटोमा पुगेको र नयाँ राजनीतिक निकासको बहस चलिरहेको बताए।
  • जेन–जी आन्दोलनका मुख्य माग सम्बोधन नभएको र अन्तरिम सरकार चुनावमै सीमित भएकोमा असन्तुष्टि व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्।

बिहीबारदेखि राजधानीको बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै महासचिव चन्दले अहिलेको चुनावी प्रक्रिया दोबाटोमा उभिएको उल्लेख गरे ।

उनले सरकारले प्रस्ताव गरेको निकासमा जाने वा त्यसअगावै नयाँ राजनीतिक वातावरण निर्माण गर्ने भन्ने विषयमा बहस चलिरहेको बताए ।

उनले भने, ‘चुनाव अहिले दोबाटोमा उभिएको छ । हालको राज्य र सरकारले प्रस्ताव गरेको निकासमा जाने कि त्यो निकासअगावै नयाँ वातावरण बनाएर अघि बढ्ने भन्ने बहस छ । विश्वसनीयता गुमेको र अवस्था अस्वस्थ्य भएको बेला सबै पक्षले सन्तुलित ढंगले निकासतर्फ जानुपर्ने आवश्यकता छ ।’

महासचिव चन्दले नेपालमा राजनीतिक संक्रमण र संकट यथावत रहेको उल्लेख गर्दै जेनजी विद्रोहपछि पनि जनताका मुख्य मागहरू सम्बोधन हुन नसकेको बताए । उनले जेनजी आन्दोलनले सडकबाट भ्रष्टाचारीमाथि कारवाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन र कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचित बनाउने जस्ता प्रस्ताव अघि सारेको भएपनि त्यो हुन नसकेको बताए । तर पछिल्लो समय शुसीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘नेपालमा एउटा राजनीतिक संक्रमण र संकट यथावत नै छ । जेनजी विद्रोहपछि पनि ठूलो जनताका प्रस्तावहरु सम्बोधन हुन सकेको छैन । जनताले, जेनजीले सडकमा भ्रष्टाचारीहरुलाई कारवाही गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, संविधान पुनर्लेखन गर्ने र नेपालको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचिनबाट चुनिने बनाउनुपर्छ भन्ने आन्दोलनको प्रस्तावहरु हुन् । तर पछिल्लो अन्तरिम सरकार शुसीला कार्कीज्यूको अन्तरिम सरकार बनेपछि एक प्रकारको चुनावलाई मात्र जोड दिएर कामहरु गरिरहेको स्थितीमा विद्रोही आन्दोलनकारी र परिवर्तनकारी जेनजी, जनता, राजनीतिक शक्तिहरु कोही पनि सन्तुष्ट भएको स्थिती अहिले छैन ।’

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)नेत्रविक्रम चन्दकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...