फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन् :एमाले

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

12
Share
Featured
  • नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी पर्याप्त नभएको भन्दै चुनाव हुनेमा विश्वस्त नभएको जनाएको छ।
  • सचिव महेश बस्नेतले भने, एमाले सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा भए पनि वर्तमान सरकार असंवैधानिक भएकाले रिटको अवस्था रहँदा चुनावको वातावरण छैन।
  • उनले सरकार र जेनजीबीच सम्झौता भए पनि कार्यान्वयनमा शंका रहेको उल्लेख गर्दै, चुनाव नहुँदा संसद पुनःस्थापना हुने कि नहुने बारे प्रश्न उठाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने भन्दै तर सरकारको तयारी हेर्दा चुनावी वातावरण नदेखिएको बताएका हुन् ।

उनले भने,‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं । सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं । आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो । धेरै होर्मवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ । यो कुरामा सरकारको ध्यान गएको छैन् । जेनजीसँग सम्झौता भएको छ तर कार्यान्वयनमा उहाँहरुको पनि आशंका छ । चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं ।’

फागुन २१ मा चुनाव भएन र स-यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे ।

यो समाचारमा

महेश बस्नेतसुशीला कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...