जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

13
Share
Featured

काठमाडौँ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।

जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।

विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेप, दमन र धरपकडको हाम्रो संगठन अखिल (क्रान्तिकारी) कडा निन्दा र घोर भत्सर्ना गर्दछ ।’

आन्दोलनको क्रममा गिरफ्तार सबैलाई यथाशीच राराम्मान रिहाइ गर्न जोडदार माग समेत संगठनले गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...