टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

31
Share
Featured

काठमाडौँ

भारतश्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ ।

यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।

११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सीमा युनाइटेड किंगडम, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।

यी हुन् २४ जना खेलाडी :


१ रोहित पौडेल

२ कुशल भुर्तेल

३ आसिफ सेख

४ कुशल मल्ल

५ सन्दीप जोरा

६ दीपेन्द्र सिंह ऐरि

७ गुलशन झा

८ नन्दन यादव

९ आरिफ सेख

१० सन्दीप लामिछाने

११ ललित राजवंशी

१२ सोमपाल कामी

१३ लोकेस बम

१४ आदील अन्सारी

१५ कारण के सी

१६ साहब आलम

१७ शेर मल्ल

१८ भीम सार्की

१९ ईशान पाण्डे

२० विनोद भण्डारी

२१ अविनाश बोहरा

२२ प्रतिष जी सी

२३ बसिर अहमद

२४ रुपेस कुमार सिंह ।

यो समाचारमा

श्रीलंकाइटालीबंगलादेशनेपाल
युनाइटेड किंगडम7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...