शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

5
Share
Featured
  • शिक्षामन्त्री सस्मित पोखरेल र जापानी राजदूत मायदा तोरुबीच शिक्षा सुधार र द्विपक्षीय सहकार्यबारे छलफल भयो।
  • नेपालले विद्यालय पूर्वाधार, डिजिटल लर्निङ र शिक्षक क्षमता विकासमा जापानसँग सहकार्यको इच्छा व्यक्त गरेको छ।
  • जापानले शिक्षा क्षेत्रमा निरन्तर सहयोग र आईटी तथा लगानीमा सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रको सुधार र आगामी सहकार्यका विषयमा छलफल भयो।

मन्त्री पोखरेलले सरकार सार्वजनिक शिक्षा सुधारका लागि प्रतिबद्ध रहेको बताउँदै विद्यालयको भौतिक पूर्वाधार, डिजिटल लर्निङ, र शिक्षकको क्षमता विकासमा जापानसँग सहकार्य गर्न चाहेको उल्लेख गरे। उनले जापानको विद्यालय तहमा सिकाइने अनुशासन र सांस्कृतिक मूल्य-मान्यतालाई नेपालले पनि अनुशरण गर्न सक्ने धारणा राखे।

जापानी राजदूत तोरुले नेपालको शिक्षा क्षेत्रमा जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। उनले शिक्षा सुधारका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता र सुशासन आवश्यक रहेको बताउँदै शिक्षक तालिममा जोड दिन सुझाव दिए। राजदूत तोरुले नेपालमा नीतिगत स्थायित्व भएमा जापानी निजी क्षेत्रको लगानी बढ्न सक्ने र सूचना प्रविधि (IT) क्षेत्रमा दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको समेत बताए। 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...