सेनामा राजनीतिक महत्वाकांक्षा छैन, राष्ट्रपतिको निर्णयलाई सम्मान गर्‍यौँ-नेपाली सेना

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

17
Share
Featured
  • नेपाली सेनाले ‘जेनजी’ आन्दोलनपछिको संकटमा आफूले कुनै राजनीतिक एजेन्डा वा सत्ता हस्तक्षेपको चाहना नराखेको स्पष्ट पारेको छ।
  • भदौ २३–२४ को घटनामा सेनाको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको र संविधानको अक्षर र मर्मअनुसार काम गरेको बताएको छ।
  • सेनाले आगामी निर्वाचन भयरहित बनाउन सबै सुरक्षा निकाय मजबुत र एकजुट हुनुपर्नेमा जोड दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली सेनाले 'जेनजी' आन्दोलनपछिको संकटपूर्ण अवस्थामा आफूले कुनै राजनीतिक एजेन्डा नराखेको र सत्ता हस्तक्षेपको आकांक्षा नदेखाएको स्पष्ट पारेको छ । जंगीअड्डाले एक लेखमार्फत सेनाले सधैं राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएको हो ।

सेनाले संकटको घडीमा संवादको वातावरण बनाउन सहजीकरण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै भनेको छ, "सेनामा यदि राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?"

गत भदौ २३-२४ को घटनामा सेनाको भूमिकाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै सेनाले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताएको छ । "मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरवार जोगाउन जनतालाई किन गोली हान्यो?" लेखमा भनिएको छ ।

सेनाले आफू संविधानप्रति निष्ठावान्, नागरिक सर्वोच्चताप्रति प्रतिबद्ध र स्थापित सरकारको अधीनमा रहेको स्पष्ट पारेको छ । "सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ," लेखमा भनिएको छ, "तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकांक्षा राखेको छ ।"

सेनाले राष्ट्रिय सुरक्षाका लागि सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनलाई भयरहित बनाउन सबै एकजुट हुनुपर्ने बताएको छ ।

यो समाचारमा

काठमाडौँसिंहदरवारनेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...