२ सय ४० किलो चरेससहित दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

21
Share
Featured
  • पर्सा प्रहरीले वीरगन्जबाट २ सय ४० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
  • ट्रकको क्याबिनमा फल्स बटम बनाएर लुकाइएको १३६ प्याकेट चरेस बरामद गरिएको हो।
  • पक्राउ परेकामाथि लागूऔषध कसुरअन्तर्गत अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।

मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले बताए ।

पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ । चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचारमा

मकवानपुरवीरगञ्ज महानगरपालिकाकाठमाडौँथाहा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...