सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

24
Share
Featured
  • मन्त्री भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णा सबै तहको सरकार, साझेदार, निकाय र संघसंस्थाको सहकार्यबाट समयमै समाधान गर्न आवश्यक रहेको बताए।
  • रोजगारी खोज्ने र रोजगार दिने पक्षलाई जोड्दै बजारको माग अनुसार दक्ष र सीपयुक्त जनशक्ति निर्माण गर्न निरन्तर प्रयास, समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए।
  • नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने, विश्व बजारको माग अनुसार दक्ष जनशक्ति पठाउन उपयुक्त वातावरण निर्माण गर्न सबैको दायित्व भएको उनले बताए।
  • पुँजीका लागि र श्रम बेच्न विदेशिनु पर्ने अवस्था दुखद रहेको र यसमा सुधार गर्न आवश्यक रहेको मन्त्रीको भनाइ थियो; कार्यक्रममा आईएलओ नेपाल र अन्य सरोकारवालाहरुले धारणा राखेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित २५औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आप्रवासनको व्यवस्थापन तथा पुनःएकीकरणका विषयमा अन्तरक्रिया कार्यक्रममा उनले नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरुलाई जोड्नेगरि बजारको माग र अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार, साझेदार, निकायहरु तथा संघ संस्थाहरुको नियमित प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्न सकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाहरुको समयमा नै समाधान गर्न सकिन्छ ।’

यस्तै, उनले वैदेशिक रोजगारमा जाने भन्दैमा नागरिकहरु अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा पठाउन नहुने भन्दै विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व भएको बताए ।

उनले भने, ‘अहिले बढ्दै गएको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्ण रुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । तर हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन् । विश्व बजारको माग अनुसारको सिपयुक्त क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने सबैको दायित्व हो ।’

पुँजीका लागि र श्रम बेच्नको लागि विदेशिनु पर्ने अवस्था एकदमै दुखद रहेको पनि उनको भनाई छ । कार्यक्रममा आइएलओ नेपालका कन्ट्र डाइरेक्टर, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवम सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...