कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

17
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले पछिल्ला तीन महिनामा कर तथा राजस्व करिब १० प्रतिशतले वृद्धि भई आर्थिक गतिविधि लयमा फर्किएको बताएका छन्।
  • भदौ २३–२४ को आन्दोलनपछि अर्थतन्त्र ९० दिनमै छिटो पुनःउत्थान र आशा जगाउने दिशामा अघि बढेको उनको भनाइ छ।
  • राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सरकार ठूलो खर्च गर्न अघि बढे बैंकिङ् क्षेत्रबाट पूर्ण सहयोग गर्न तयार रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।

उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भएपनि असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको देखिन्छ ।’

यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको अवस्था पार गरेर आजसम्म आइपुग्दा रिकभरीको शान्त तरिकाले बहस गर्ने अवस्थामा आइपुगेका छौं । यो नेपालीहरुको कुनैपनि संकटबाट तत्काल मुक्त हुने सामथ्र्यको एउटा प्रतिक हो । यस्तो प्रतिकले के पनि संकेत गर्छ भने हाम्रा आर्थिक गतिविधिहरु चलायमान छन् । दुई घटनापछि एक हप्तामा नेपालीहरुले अनुमानमा अनिश्चितताको भूमरीमा फस्यो, अर्थतन्त्र ध्वस्त हुन्छ र नागरिकहरु बिचल्लीमा हुन्छ भन्ने थियो तर ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुनःनिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेका छौ ।’

पर्यटकको संख्या पनि बढ्दै गएको पनि उनको भनाई छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ् क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘सरकारले ठूलो खर्च गर्न आँट गरोस । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौ भनेर भनिरहेका छौ । उर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं । यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ । त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौं ।’ उनले सबै व्यवसायीहरुलाई उच्च मनोबल लिएर काम गर्न आग्रह गर्दै यो भन्दा प्रतिकूल अवस्थामा पनि देशहरु चलिरहेको पनि बताए ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...