एमाले ११ औँ महाधिवेशन

एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि आज मतदान

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

21
Share
Featured
  • नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ।
  • अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ भने अन्य पदाधिकारी पदहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको छ।
  • २,२६३ प्रतिनिधिले ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्नेछन्, जसले निर्वाचनलाई छिटो र सहज बनाउने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ । पटक-पटक संशोधित निर्वाचन तालिकाअनुसार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै नेताले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

पदाधिकारीमा कडा प्रतिस्पर्धा

अन्य पदाधिकारी पदहरूमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण विष्ट, भीम आचार्य, गुरु बराल, रघुजी पन्त, अरुण नेपाल, पृथ्वी सुब्बा गुरुङ, परशुराम मेघी गुरुङ, डा. विन्दा पाण्डेसहित ११ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, एक महासचिव पदका लागि ओली समूहबाट शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । तीन उपमहासचिव पदका लागि योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल, आनन्द पोखरेल र राजेन्द्र गौतम गरी ६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न भूगोल र क्लस्टरबाट केन्द्रीय सदस्य पदमा पनि हजारभन्दा बढीको उम्मेदवारी परेको छ, जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान

मतदान प्रक्रियालाई छिटो र सहज बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार, महाधिवेशनमा सहभागी २,२६३ प्रतिनिधिले यी मेसिनमार्फत मतदान गर्नेछन् । एक जना मतदातालाई मतदान प्रक्रिया पूरा गर्न करिब २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ ।

अध्यक्षमा ओली र पोखरेलबीचको प्रतिस्पर्धा र अन्य पदाधिकारीमा पनि प्यानलगत उम्मेदवारीले एमालेको यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीयोगेश भट्टराईकाठमाडौँपृथ्वी सुब्बा गुरुङ
शंकर पोखरेल7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...