रौतहटमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

23
Share
Featured
  • रौतहटमा जेनजी आन्दोलन दौरान तोडफोड र आगजनीमा संलग्न आरोपमा चन्द्रपुर–४ का ३० वर्षीय बिकी पाण्डेसहित तीन जना पक्राउ परेका छन्।
  • पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।
  • भदौ २३–२४ का आन्दोलनमा चन्द्रपुर प्रहरी कार्यालय र त्यहाँका सवारीसाधनमा ठूलो क्षति पुगेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन्। उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो। यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो।

यो समाचारमा

चन्द्रपुर नगरपालिकाकाठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...