प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भयो- सांसद गुरुङ

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

5
Share
Featured
  • सांसद गीता गुरुङले सरकारले स्टण्टमार्फत प्रश्नबाट विषयान्तर गर्न खोजेको आरोप लगाइन्।
  • उनले प्रधानमन्त्री बालेन्द्र शाहप्रतिको जनताको आशा निराशामा बदलिँदै गएको बताइन्।
  • सही दिशा र काममार्फत सफल प्रधानमन्त्री बन्न प्रधानमन्त्रीलाई उनले सुझाव दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि उठेका प्रश्नहरूलाई 'स्टण्ट' मार्फत विषयान्तर गर्न खोजेको आरोप लगाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा रहेको आशा विस्तारै निराशामा बदलिँदै गएको टिप्पणी गरिन्।

सांसद गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको युवा नेतृत्वमाथि जनताले ठूलो विश्वास गरे पनि अहिले त्यो आशा निराशामा परिणत हुन थालेको बताइन्। "प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली अब पुरानो भइसकेको छ," उनले भनिन्, "देशमा दिनदिनै घटेका घटनाले आशालाई निराशामा बदलेको छ।"

उनले प्रधानमन्त्री शाहलाई इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्न सुझाव दिँदै गन्तव्यमा पुग्नका लागि दिशा सही हुनुपर्नेमा जोड दिइन्। युवा नेतृत्वमाथिको विश्वास कायम राख्न सरकारले गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...