हेलिपोर्ट भ्रष्टाचार प्रकरण: निलम्बित महानिर्देशक अधिकारीको थुनछेक बहस आज

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

26
Share
Featured
  • भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार आरोपमा प्रदीप अधिकारीको थुनछेक बहस आज विशेष अदालतमा हुँदैछ; बहस शुक्रबार सुरु भए पनि पूरा हुन सकेको थिएन।
  • अख्तियारले अधिकारी, पूर्वनिर्देशक मुरारी भण्डारी र अन्य ७ जनाविरुद्ध DPR बिना सम्झौताविपरीत निर्माण अगाडि बढाएको आरोपमा मुद्दा दायर गरेको हो।
  • आजको बहसपछि अदालतले अधिकारीलाई थुनामा राख्ने वा धरौटी दिने निर्णय गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक बहस आज हुँदैछ। शुक्रबार सुरु भएको बहस नसकिएपछि विशेष अदालतले आजका लागि पेसी तोकेको हो।

विशेष अदालत स्रोतका अनुसार, शुक्रबार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको थियो। तर, एक न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई गत बुधबार नियन्त्रणमा लिएको थियो। अख्तियारले सम्झौताविपरीत विस्तृत अध्ययन प्रतिवेदन (DPR) बिना नै हेलिपोर्ट निर्माण अघि बढाएर भ्रष्टाचार गरेको आरोपमा अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आजको बहसपछि अदालतले अधिकारीलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे निर्णय दिनेछ।

यो समाचारमा

नेपाल नागरिक उड्डयन प्राधिकरणकाठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...