बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप, ६ मतदानस्थल स्थानान्तरण

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

17
Share
Featured
  • बाजुरामा आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन्, जससँगै जिल्लामा मतदानस्थल ७७ र मतदान केन्द्र ११२ पुगेको छ।
  • नयाँ मतदानस्थल स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिका क्षेत्रमा स्थापना गरिएको छ, साथै ६ मतदानस्थल स्थानान्तरण पनि गरिएको छ।
  • जिल्लामा हाल ८६,५५७ मतदाता रहेका छन् र निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक म्याद मंसिर ५ गतेसम्म बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन् ।  आगामी निर्वाचनलाई लक्षित गर्दै ७ वटा नयाँ मतदानस्थल थपिएका हुन् ।

मंसिर १४ गते जिल्ला निर्वाचन कार्यालय बाजुराले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ वटा नयाँ मतदान स्थल थप गरेको हो ।

यहाँको स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदानस्थल थप गरिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.–३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल राखिएको छ । 

बुढीनन्दा नगरपालिका–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका–१ मा शुनन्दा आवि बाम, वडा नं.–५ कुलामष्टाजन आवि क्युरी र वडा नं.–६ खोलीकोट आवि पाडीमा पनि नयाँ मतदानस्थल थपिएका छन् ।

योसँगै जिल्लामा मतदानस्थलको संख्या ७७ पुगेको छ भने मतदान केन्द्र ११२ रहेका छन् । साथै, जिल्लाभित्र ६ मतदानस्थल स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिएका छन् ।

उनका अनुसार, बुढीनन्दा–३ को सिराडी मतदानस्थल कालीका मावि भुलेनामा तथा त्रिवेणी–८ को नवदुर्गा आवि झालगाउँ ढडाली स्वास्थ्य केन्द्रमा सारिएको छ । बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का मतदानस्थल सम्बन्धित वडाको कार्यालयमा सारिएका छन् ।

बाजुरामा हाल ८६ हजार ५५७ मतदाता रहेका छन्। जसमा महिला ४१ हजार ९२०, पुरुष ४४ हजार ५३५ र अन्य २ जना छन् । असोज १० देखि मंसिर ५ गतेसम्म जिल्लामा १ हजार ५१६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।

यो समाचारमा

बुढीनन्दा नगरपालिकाहिमाली गाउँपालिकाकाठमाडौँबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...