नेपाल र श्रीलंकाबीच व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार लागि आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

15
Share
Featured
  • नेपाल चेम्बर अफ कमर्स र श्रीलङका राजदूत रुवान्थी डेल्पितीयाबीच व्यापार सहजीकरण र हवाई सेवा विस्तार गर्ने विषयमा बैठक।
  • नेपाल–श्रीलङका वार्षिक व्यापार आकार कम, नेपालले १.४० मिलियन डलर आयात गर्दा ०.७० मिलियन डलर मात्र निर्यात।
  • सीधा हवाई सेवा, पर्यटक आवागमन बढाउने, कृषि, जलविद्युत, आईटी, पूर्वाधारमा लगानी, नेपाली पर्यटकका लागि फ्रि भिषा, र श्रीलङका अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपालश्रीलंकाबीच कुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो । 

राजदूत डेल्पितीयासंग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार बार्षिक औषतमा मुुस्किलले २ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए ।

नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तु आयात गर्दा शुन्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए । 

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो । 

चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुम्विनी एवं लुम्बिनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरु आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङकका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए । 

यस्तै श्रीलङका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिषाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसंग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुले पहल गरिरहेको बताइन् ।  श्रीलंकामा आगामी जुनमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरिन् । 

यो समाचारमा

श्रीलंकानेपालकाठमाडौँलुम्बिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...