प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

38
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको बताए र यसले पुरानो राजनीतिक ढाँचा नसक्ने कुरा नेपालमा स्थापित गरेको बताउँदै पार्टी गठनको कारण स्पष्ट पारे।
  • पार्टीको उद्देश्य राजनीतिक पुनःसंरचना गरेर नेपाल र जेनजी पुस्ताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउनु रहेको छ।
  • प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाली समाजवादी पार्टी, प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताको एकताबाट निर्माण भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनःसंरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् । 

आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए । 

उनले यो आन्दोलनले पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको समेत बताए । 

उनले भने, ‘विश्वको औषतभन्दा १० गुणा तल रहेको समाजले अहिलेको जेनजी पुस्ताले सोचेको विचार पूराना दल र नेताबाट हुन सक्दैन थियो । त्यसैले त्यो गुम्सिएर बसेको अन्तरविरोध नै भदौ २३ र २४ गते विस्फोट हो । त्यो विस्फोटपछि म खुशी छु । अब दुनियाले बुझ्नेगरी पुरानो ढङगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।’ 

उनले राजनीतिक पुनःसंरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।   

‘अब पार्टी र दल मात्र म भन्दिन राजनीतिक पुनःसरचना गर्न खोजिएको हो । त्यसो नगरे विश्वसँग हामी जोडिएर जान सक्दैनौ । अहिलेको नेपाल र जेनजी पुस्ताले जे अपेक्षा गरेका हुन् त्यो पुरा गर्न सकिदैन । त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने । 

पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको एजेण्डा भनेकै जेनजी पुस्ताको चेतना र आवश्यकतासँग जोडिएका कुराको मागहरु पुर्ति गर्ने बताए । 

डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हो ।

यो समाचारमा

नेपाल समाजवादी पार्टीबाबुराम भट्टराईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...