सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

27
Share
Featured
  • भक्तपुर सूर्यविनायकदेखि काभ्रेपलाञ्चोक धुलिखेलसम्मको १५.८ किलोमिटर सडक विस्तारको समग्र प्रगति ५०% पुगेको छ, सूर्यविनायक–साँगा खण्ड ४५% र साँगा–धुलिखेल खण्ड ५५% सम्पन्न भएको छ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माण प्रगतिको अनुगमन गर्दै उपकरण, जनशक्ति थप गरी आगामी असारभित्र सडक विस्तार पूरा गर्न निर्देशन दिएका छन्।
  • आयोजनामा बजेट अभाव, सडक सीमा विवाद र घर हटाउने समस्याले बाधा पुर्‍याएको भए पनि चालु आर्थिक वर्षमा ७० करोड विनियोजन भएको र करिब ४ अर्ब रुपैयाँ थप माग गरिएको छ; टेवा पर्खाल–नाली निर्माण ९५% सम्पन्न छ र साँगा–धुलिखेल २ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । 

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गरे । 

उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे । 

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । 

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे । 

दुर्व प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

यो समाचारमा

सूर्यविनायककाठमाडौँकाभ्रेपलान्चोकधुलिखेल
अर्थ मन्त्रालय7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...