‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

11
Share
Featured
  • एमाले नेता महेश बस्नेतले ६ गतेको एमालेको ठूलो प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गर्दै उनको कार्यक्रम रोकिएको आरोप लगाए।
  • बस्नेतले प्रधानमन्त्रीले जेनजी समूह परिचालन गरेर आफूहरूलाई सिमरा जान नदिएको र बारामा रोकेको दाबी गरे।
  • आज सिमरा विमानस्थलमा जेनजी र एमाले समर्थकबीच झडप भएपछि कफ्र्यू आदेश जारी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । 

बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए । 

उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं । ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ । अब हल्लीसक्यो जरादेखि नै भन्ने उनलाई थाहा छ । यो अवैधानिक सरकार संविधानले नचिन्ने पूर्वप्रधानन्यायाधिस मानव अधिकार आयोगमा बाहेक अन्त जान मिल्दैन् जेनजीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् ।’

त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । 

एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । 

जेनजी प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लाग्दा विमानबाट ओर्लनुपरेको थियो । बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत हुँदा प्रशाासनले कफ्र्यू लगाएको छ ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...