'पुराना नेताको चक्र तोड्न' रविलाई भेट्न जेल पुगे अमरेश सिंह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

19
Share
Featured
  • अमरेश सिंहले नक्खु कारागारमा रवि लामिछानेसँग एक घण्टा भेट गरेर राजनीतिक भविष्य र नयाँ सहकार्यको सम्भावनाबारे गम्भीर छलफल गरे।
  • पुराना नेताहरूको पुनरावृत्तिमा जनता दिक्क भएकाले नयाँ विकल्प आवश्यक भएको सिंहको टिप्पणी।
  • बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ र जेन–जि पुस्ताका अभियन्ता मिलेर नयाँ राजनीतिक शक्ति निर्माण गर्न सकारात्मक सहमति बनेको दाबी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

विघटित प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नख्खु कारागारमा भेटवार्ता गरेका छन् ।

मंगलबार भएको करिब एक घण्टा लामो भेटमा देशको राजनीतिक भविष्य र नयाँ सहकार्यको सम्भावनाबारे गम्भीर छलफल भएको सिंहले बताए । उनले जनताको विश्वास कसरी पुनःस्थापित गर्ने भन्ने विषयमा कुराकानी केन्द्रित रहेको जानकारी दिए ।

सिंहले पुराना नेताहरूको चक्रबाट जनता दिक्क भइसकेको बताउँदै कटाक्ष गरे, "०४७ सालमा शेर बहादुर देउबा, ०८२ सालमा फेरि उही देउवा । ०५१ सालमा केपी ओली गृहमन्त्री, ०८२ सालमा उही ओली प्रधानमन्त्री । जनताले परिवर्तन चाहेका छन् ।"

भेटमा राजनीतिक सहकार्य र कार्यगत एकताका लागि सकारात्मक सहमति बनेको सिंहको दाबी छ । उनले आगामी दिनमा बालेन्द्र शाह (बालेन), रवि लामिछाने, कुलमान घिसिङ र जेन-जी पुस्ताका अभियन्ताहरू मिलेर नयाँ राजनीतिक विकल्प दिनुपर्नेमा जोड दिए ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीशेर बहादुर देउबारवि लामिछानेबालेन्द्र शाह (बालेन)
नख्खु कारागार8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...