स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटेर फरार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

20
Share
Featured
  • मोरङ, कपिलवस्तु र सुन्दरहरैंचाका दर्जनौँ व्यक्तिहरू सञ्जीव खरेल नामक व्यक्तिबाट स्पेन पठाउने वाचा गर्दै ठगीमा परेका छन्।
  • पीडितहरूले लाखौं रुपैयाँ बुझाए पनि भिसा पाएका छैनन्; खरेलले भिसा प्रक्रिया नक्कली देखाएर विभिन्न माध्यम (फोन, वाट्सएप, फेसबुक, टेलिग्राम) प्रयोग गरी ठगी गरेको पाइएको छ।
  • खरेलले पहिलो चरणमा सामाजिक सञ्जालमार्फत प्रस्ताव राख्ने, दोस्रो चरणमा दिल्ली र काठमाडौं बोलाएर भिसा प्रक्रिया नाटक गर्ने, र तेस्रो चरणमा फेक भिसा देखाएर थप पैसा माग्ने तरिका अपनाउँथ्यो।
  • पीडितहरूले अब सामूहिक रूपमा वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने तयारी गर्दै छन् र अरूलाई ठगिन नदिन सचेत गराउने उद्देश्य राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दर हरैचा नगरपालिकाकी चन्द्रमा खनाल भन्छिन्, ‘अहिले बुझ्दा पो ठगिएका रहेछौँ ।’

उनको यो वाक्य यतिबेला मोरङका दर्जनौँ घरमा गुन्जिरहेको छ । कपिलवस्तुका एक व्यक्तिले स्पेन पठाइदिने नाममा दर्जनौँ परिवारको सपना, श्रम र सम्पत्ति लुटेका छन् ।

५७ वर्षीया निलादेवी खनाल र उनका श्रीमानले छोरी र ज्वाइँलाई विदेश पठाउने रहरमा १६ लाख रुपैयाँ सञ्जीव खरेल नामक व्यक्तिलाई बुझाए । छिमेकीको सिफारिसले विश्वास गरे, यही विश्वास नै उनीहरूको विनाशको कारण बन्यो ।

‘साँवा त जसोतसो तिरौला, ब्याजले त डाँडा काट्ने रहेछ,’ निलादेवी भन्छिन, सञ्जीव खरेलले उनीहरूलाई नयाँ दिल्ली र काठमाडौं लगेर ‘स्पेनको भिसा आउँदैछ’ भन्दै १७ दिनसम्म होटेलमा राखे । त्यसपछि सम्पर्क टुट्यो ।

बेलबारी नगरपालिका–४ का ४८ वर्षीय ताराप्रसाद भट्टराई मेहनती किसान हुन् । गाई पालन गरेर सानो व्यवसाय चलाइरहेका थिए । तर स्पेनमा महिनामा दुई लाख कमाइ हुन्छ भन्ने खरेलको मीठो बोलीले उनले १० वटा गाई बेचेर ६ लाख रुपैयाँ बुझाए ।

‘घरमा कसरी मुख देखाउने?’ उनले भने, ‘गाई पनि गयो, पैसा पनि गयो।’ खरेलले उनलाई बार्सिलोना पछाडिको पृष्ठभूमि राखेर भिडियो अन्तर्वार्ता लिने नाटक गरे । त्यसपछि थप पैसा माग्दै गए । तर, न भिसा आयो, न खरेल फेला परे ।

कतारमा बारिस्ता काम गर्ने शशिता दनुवारले पनि त्यही सपना देखिन् । महिनाको झन्डै एक लाख कमाइ भए पनि स्पेनमा दुई लाखभन्दा बढी हुन्छ भन्ने लोभमा उनले सुन बेचेर ८ लाख बुझाइन् ।

दशैंको अघिल्लो दिन फोन गरेर भिसा आयो भनेपछि टिका पनि नलगाई काठमाडौं गएँ,’ उनी सम्झिन्छिन् । ११ दिनपछि उनले न त भिसा पाइन्, न पासपोर्ट ।

सुन्दरहरैंचा–९ का गोविन्द दहाल ग्रिल व्यवसायी हुन् । राम्रै चलिरहेको व्यवसाय बेचेर उनी पनि स्पेनको तयारीमा लागे । नवमीको दिन परिवारसँग उत्साहसहित भएर बिदा भए, उनको भोलिपल्टै स्पेन उड्ने योजना थियो ।

तर, त्यही सपना ठगीको जालमा प-यो । ९ लाखभन्दा बढी खर्च गर्दा पनि उनले न भिसा पाए, न पैसा ।

‘सपना त स्पेनको थियो, तर गन्तव्य ठगीको बन्यो,’ उनी भन्छन् ।

डिजिटल ठगीको नयाँ रूप

सञ्जीव खरेलले सम्पर्कका लागि फोन मात्र होइन, वाट्सएप, भाइबर, टेलिग्रामफेसबुक मेसेन्जर प्रयोग गर्थे । उनले भारतमा समेत सञ्जीव खरेल नाममै आधार कार्ड बनाएर चलाएको पीडितहरूले बताएका छन् ।

कहिले आफ्नै, कहिले अरूको बैंक खातामा पैसा हाल्न लगाउँथे । पीडितहरूका अनुसार उनी कहिले दिल्ली, कहिले कपिलवस्तु र कहिले काठमाडौँमा हुने गर्थे । पछिल्लो समय उनी सम्पर्कविहीन छन् ।

कसरी काम गर्थे खरेल?

पिडितहरुका अनुसार पहिलो चरणमा, सामाजिक सञ्जालमार्फत ‘स्पेन पठाइदिन्छु’ भन्ने प्रस्ताव राख्दथे ।

दोस्रो चरणमा, ‘भिसा प्रक्रिया सुरु भयो’ भन्दै दिल्ली र काठमाडौँमा बोलाउने गरेका उनले तेस्रो चरणमा, फेक भिसा देखाउने, अन्तर्वार्ता लिने नाटक र डेढ लाखका लुगा किन्न नर्देशन समेत दिने गर्दथे ।

पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् ।

शशिता दनुवार भन्छिन्,‘हामी विदेशमा दुःख गरेर पठाएको पैसा पनि ठगले लुटे । अब अरू नफसुन् भन्ने चाहना मात्रै छ ।’

यो समाचारमा

कपिलवस्तुभारतकाठमाडौँबेलबारी नगरपालिका
नयाँ दिल्ली12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...