काठमाडौँ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबीच हरिसिद्धिस्थित विप्लव निवासमा भेटवार्ता भएको छ। माओवादी केन्द्रसँग अलग भएपछि शर्माले 'नेपाल प्रगतिशील अभियान' सुरु गरेका छन्।
माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीचको एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाकाबीच उनीहरू छलफलमा जुटेका हुन्। विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन्।
शर्माले बिहीबार वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग पनि छलफल गरेका थिए। यो भेटवार्ताले नेपालको कम्युनिस्ट राजनीतिमा नयाँ समीकरणको सम्भावनालाई उजागर गरेको छ।