६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

15
Share
Featured
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ कार्तिक १९ देखि मंसिर २ गतेसम्म हुने भएको छ।
  • हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने लिगमा देशका ७ प्रदेशबाट छनोट भएका १० टोली सहभागी हुनेछन् र दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेलाइनेछ।
  • प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ खेलाडी समावेश गर्न पाउनेछन्, विदेशी खेलाडी राख्न नपाइनेछ, र सेमिफाइनलमा पुग्ने टोलीले राष्ट्रिय लिगमा पनि सहभागिता पाउनेछ।
  • विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्, प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ, र मकवानपुर जिल्ला फुटबल संघले स्थानीय आयोजना सम्हाल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुने भएको छ ।

एन्फाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गराएका थिए । 

उनका अनुसार एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेको छ । सहभागि टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

लिगमा कोशी प्रदेशबाट गाइघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौँ र टाईगर्स टिम दोलखा, गण्डकी प्रदेशबाट हैरान्स क्लब तनहुँ र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनी प्रदेशबाट जनजागृति युवा क्लब बर्दिया, सुदूरपश्चिम प्रदेशबाट बिजय स्पोर्टस् क्लब कैलालीकर्णाली प्रदेशबाट काक्रेविहार युथ क्लव सुर्खेत सहभागि छन् ।

उनका अनुसार प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ जना गरी ५ जना खेलाडी समावेश गर्न पाउँदा विदेशी खेलाडी भने राख्न नपाउने भएको छ । लिगको सेमिफाइनलमा पुग्ने चार टोलीहरुले यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा समेत सहभागि हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । यस प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागी हेटौडा उपमहानगरपालिकाभित्र २ वटा खेल मैदानको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको स्थानिय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहने छ ।

यो समाचारमा

हेटौडा उपमहानगरपालिकाकास्कीगाइघाटहेटौंडा
सुदूरपश्चिम प्रदेश23 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...