चाडबाडमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको भीड बढ्यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार १८:४७

38
Share
Featured
  • दशैं–तिहारको चाडबाडमा बर्दिया राष्ट्रिय निकुञ्जमा करिब २९ सय पर्यटकले भ्रमण गरेका छन्।
  • दशैं अवधिमा १ हजार २०७ र तिहार अवधिमा १ हजार ६७६ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए।
  • चालु आर्थिक वर्षमा पर्यटकको संख्या बढ्दै गएको छ, आर्थिक वर्ष २०८१÷८२ मा २८ हजार ६७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।
  • पर्यटकहरू हात्ती प्रजनन् केन्द्र, गोही प्रजनन् केन्द्र, जंगल सफारी र पाटे बाघ, गैँडा जस्ता जनावर अवलोकन गर्न रुचाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पश्चिम नेपालको प्रमुख पर्यटकिय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा दशैं–तिहारको चाडबाडको समयमा करिब २९ सय पर्यटकहरूले भ्रमण गरेका छन्। लामो समयको विदा रहेको हुँदा आन्तरिक पर्यटकहरूको संख्या बढ्नु स्वाभाविक रहेको निकुञ्जले जनाएको छ। दशैं अवधिमा असोज ८ देखि २२ गतेसम्म नेपाली १६ सय, विदेशी १६७ र सार्क मुलुकका ३४ गरी कुल १ हजार २०७ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए भने तिहार अवधिमा कार्तिक १ देखि ९ गतेसम्म विदेशी ३९१, नेपाली १ हजार १८७ र सार्क मुलुकका ९८ गरी कुल १ हजार ६७६ जना पर्यटकले भ्रमण गरेका छन्।

निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलका अनुसार दशैं अवधिमा १८० वटा र तिहार अवधिमा २ सय २६ वटा गरी जम्मा ४ सय ६ वटा जिप सफारी संचालन गरिएको थियो। यसरी चाडपर्वको समयमा जिप सफारी, जंगल वाल्क र अन्य गतिविधिहरूमा पर्यटकको सहभागिता बढेको देखिन्छ। चालु आर्थिक वर्ष असोज महिनामा मात्र २ हजार ५७७ जना पर्यटक निकुञ्ज भ्रमण गरेका थिए, जसमा १ हजार ९९१ जना नेपाली पर्यटक थिए। यसअघि साउन र भदौ महिनामा क्रमशः २३ र १२८ जना मात्र पर्यटक प्रवेश गरेका थिए।

पर्यटनको बढ्दो प्रवृत्ति पछिल्लो वर्षहरूमा निरन्तर देखिएको छ। आर्थिक वर्ष २०८१÷८२ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २८ हजार ६७ जना पर्यटकले भ्रमण गरेका थिए, जबकि अघिल्लो वर्ष २०८०÷८१ मा २६ हजार १३१ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। कोरोना महामारी पश्चात् हरेक वर्ष पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको छ। पर्यटकबाट प्राप्त राजश्व पनि आर्थिक वर्ष २०८१÷८२ मा ३ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ करोड ८४ लाखभन्दा बढी हो।

निकुञ्ज प्रवेश शुल्क आन्तरिक पर्यटकका लागि रु १००, सार्क मुलुकका लागि रु ७५० र अन्य अन्तर्राष्ट्रिय पर्यटकका लागि रु १,५०० तोकिएको छ। विदाको दिनमा विशेषगरी नेपाली पर्यटकको घुइचो बढी देखिन्छ। पर्यटकहरूले हात्ती प्रजनन् केन्द्र, गोही प्रजनन् केन्द्र, जंगल सफारी, जंगल वाल्क र पाटे बाघ, गैंडा, हात्ती जस्ता जनावरहरू हेर्ने रुचि देखाएका छन्। भ्रमणपछि धेरै पर्यटकहरूले पाटे बाघ र अन्य वन्यजनावरको अवलोकनबाट खुसी भएको प्रतिक्रिया दिएका छन्।

यो समाचारमा

तिहारगैंडाबर्दिया राष्ट्रिय निकुञ्जनेपाल
काठमाडौँ5 more

ट्यागहरू

#पर्यटक#भ्रमण#विदेशी भ्रमण#तिहार#बर्दिया राष्ट्रिय निकुञ्ज#दशैं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू