किमाथांका,सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका
पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले
एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका
पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो ।
प्रतिकूल मौसमका कारण मङ्गलबार देखि मकालु, आधार शिविरसहित उच्च हिमाली
भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख
जिल्ला अधिकारी सिर्जना थपलियाले बताए । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक
१५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैमा अनुरोध गरे।
उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो
बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर
तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको
भनाइ छ ।
मकालु आधार शिविरमा नेपालीसहित दुई सयबढी पर्वतारोही शिविरमा रहेका
प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभद्या
बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् । जिल्लाको मकालु, सभापोखरीसहित उच्च
हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उनले जानकारी दिए ।