
काठमाडौँप्रतिनिधि सभाको सचिवमा पूर्वउपसचिव प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ।सभामुख डोल प्रसाद अर्यालले यसअघि सचिव रहेका हर्कराज साम्पाङ राईलाई हटाएर अधिकारीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारका पूर्वउपसचिव हुन्।संविधानको धारा १०६ को उपधारा (१) अनुसार प्रतिनिधि सभाको सचिवको नियुक्ति सभामुखको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था रहेको...