राष्ट्रियसभाका १९ सांसदको बिदाइ: को-को छन् एमाले, माओवादी र अन्य दलबाट?

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

26
Share
Featured
  • आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ, जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ जना र एक जना राष्ट्रपतिद्वारा मनोनीत सांसद छन्।
  • वामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सांसद हुन्, भने अन्यमध्ये माओवादीका गोपीबहादुर सार्कीदेखि राधेश्याम पासवानसम्म र एमालेका इन्दिरा देवी गौतमदेखि सुमित्रा विसीसम्मका सांसदहरूको कार्यकाल सकिँदैछ।
  • सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते (आइतबार) गर्ने निर्णय गरेको छ, जसअन्तर्गत ५९ सदस्यीय सभामध्ये १८ सदस्यका लागि निर्वाचन हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ। जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का आठ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का एक, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक र मनोनीत एक सांसद छन्। रिक्त हुन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायण काजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदैछ।

एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन्। 

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नारायण काजी श्रेष्ठराष्ट्रिय सभाजनता समाजवादी पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...