नक्खु कारागारबाट फरार थप एक कैदी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

14
Share
Featured
  • जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी युनिक लामा काठमाडौँको गुह्येश्वरीबाट पक्राउ परेका छन्।
  • लामा भदौ २४ गते आन्दोलनकारीहरूले कारागारमा तोडफोड र आगजनी गरेपछि भागेका थिए।
  • पक्राउ परेका लामालाई पुनः नक्खु कारागार पठाइएको र अन्य फरार कैदीहरू पनि क्रमशः पक्राउ परिरहेको प्रहरीले जनाएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थप एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दाका २० वर्षीय युनिक लामालाई सोमबार काठमाडौँको गुह्येश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले कारागारमा तोडफोड र आगजनी गरेपछि लामा कारागारबाट भागेका थिए। प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।

पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। यसअघि पनि सोही घटनामा फरार भएका केही कैदीहरू पक्राउ परिसकेका छन्।

यो समाचारमा

काठमाडौँनख्खु कारागार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...