काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि सहभागी भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित रहेका छन् । बैठकमा विभिन्न ११ दलका प्रतिनिधिहरू रहेका छन् ।
नेपाली काँग्रेसबाट गगन थापार डा. प्रकाशशरण महत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट शंकर पोखरेल र , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् ।
रास्वपाबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् ।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।
जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् । उक्त छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन् । दुवै जना पर्यवेक्षकको रुपमा सहभागी भएका हुन् ।